मालिकार्जुन गाउँपालिकामा किसानलाई मुर्रा भैंसी वितरण

दार्चुला । मालिकार्जुन गाउँपालिकाले भैंसी पालनलाई व्यावसायिक बनाउने उद्देश्यसहित किसानलाई मुर्रा भैंसी वितरण गरेकाे छ ।
किसानलाई आयआर्जनमा जाेड्ने उदेश्यका साथ हरेक वर्ष मुर्रा भैंसी वितरण गरेकाे हाे ।
गाउँपालिकाले पचास प्रतिशत अनुदानमा वडा नम्बर १,२,३, ४ र ८ का किसानलाई ५९ वटा मुर्रा भैंसी वितरण गरेकाे गाउँपालिका अध्यक्ष हिरासिह धामीले जानकारी दिए । गाउँपालिकाले हरेक वर्ष कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि क्षेत्रलाई भैंसी पकेट क्षेत्र घोषणा गरी आयआर्जनसँग जाेड्ने उदेश्य सहित याे कार्यक्रम सञ्चालन गरेको हो ।

मुर्रा भैंसी पालन विस्तारसँगै स्थानीय कृषकको दूध उत्पादन बढेको गाउँपालिकाले जनाएको छ। हाल गाउँपालिकाबाट दैनिक उत्पादन भइरहेको दूध खलंगा निर्यात भइरहेको छ।

यसले स्थानीय बजार व्यवस्थापन, कृषकको आम्दानी वृद्धि तथा ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जना भएको गाउँपालिका अध्यक्ष धामीकाे भनाइ छ ।

गाउँपालिकाले भैंसी पकेट कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै पशु स्वास्थ्य सेवा, घाँस उत्पादन, गोठ सुधार, दूध संकलन तथा बजार व्यवस्थापनमा समेत प्राथमिकता दिने जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार