दार्चुलामा १६ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जेठ २ गतेदेखि खलंगामा

दार्चुला । दार्चुलामा १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जेठ २ गते देखि खलंगामा सञ्चालन हुने भएको छ । जिल्ला राष्ट्रपति रनिङ्ग शिल्ड ब्यवस्थापन तथा निर्देशन समितिको बैठकले जेठ २ देखि ४ गते सम्म जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिकामा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका नौँ वटै स्थानीय तहबाट छनोट भएका छात्र र छात्रा खेलाडीको सहभागिता रहने छ । भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो लगायतका विभिन्न खेलमा अन्तरपालिकास्तरीय प्रतिस्पर्धा हुने छ ।

यसअघि दार्चुलाका नौ वटै पालिकामा पालिकास्तरीय प्रतियोगिता सम्पन्न भइसकेका छन् । छनोट भएका खेलाडीहरुको नामावली बैशाख ३० गतेभित्र जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन्

सम्बन्धित समाचार

ताजा समाचार