दार्चुला । अभद्र व्यवहार मुद्दामा फरार दार्चुलाका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ का ३० वर्षीय उपेन्द्रराम लुहार रहेकाे प्रहरीले जनाएको छ ।
जिल्ला अदालत दार्चुलाकने २०८२ मंसिर ८ गतेको फैसलाले अभद्र व्यवहार गर्न नहुने सम्बन्धी मुद्दामा उनलाई ७ महिना १३ दिन कैद सजाय तोकेकाे थियाे ।
लुहारलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खलंगा बजारवाट पक्राउ गरेको जनाएको छ।











