भीरबाट लडेर घाइते भएका निर्वाचन प्रहरीकाे उपचारका क्रममा मृत्यु

निर्वाचन सम्पन्न गरी घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका निर्वाचन प्रहरी प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको छ । दार्चुलाको लेकम गाउँपालिका–२ का धामी ४० दिनको निर्वाचन सुरक्षा कार्य सम्पन्न गरी बिहीबार प्रमाणपत्र बुझेर घर फर्किने क्रममा लेकम गाउँपालिका–१ स्थित दानुखोला भीरबाट लडेर घाइते भएका थिए ।
भीरबाट खसेर गम्भीर घाइते भएका धामीलाई प्रारम्भिक उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो । त्यहाँ उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी रिफर गरिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार