दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि दार्चुलामा एमालेको पक्षमा जनलहर दिनप्रतिदिन बढ्दै गएको छ । नेकपा एमालेकातर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका गणेशसिह ठगुन्नाको पक्षमा जिल्लाभरि जनलहर बढेको हो ।
जिल्लाको लागि काम गर्न सक्ने पूर्वमन्त्री समेत रहेका ठगुन्ना प्रती दिनप्रतिदिन जनलहर बढ्दै गएको छ । जिल्लामा काम गर्न सक्ने र जिल्लाबासीले चिनेको उम्मेदवार भनेका ठगुन्ना मात्रै हुन्, अपिहिमालका बिक्रमसिह धामीले भने, अरु दलबाट आएका उम्मेदवारको हामीले नाम समेत सुनेका छैनौ ।
दार्चुलाले चिनेको अहिलेको उम्मेदवार ठगुन्ना मात्रै हुन् । धेरै उम्मेदवार अहिले निर्वाचनको लागि मात्रै आएर भोट माग्ने काम गरेका छन् । कसले जिल्लाको लागि गर्न सक्छ भन्ने विषयमा दार्चुलेली जनता जानकार रहेको धामी बताउँछन् ।
अहिले नेपाली काग्रेंसबाट धर्मानन्द जोशी दार्चुलाबाट उम्मेदवार बनेका छन् । तर उनी दार्चुलामा बसोबास नभई काठमाण्डौंमा बस्छन् । उनलाई काग्रेंसकै कार्यकर्ताले समेत चिनेका छैनन् । नचिनेको मान्छेलाई मत दिएर खेर फाल्नुभन्दा सधैं जिल्लामा बस्ने नेतालाई जिताउन योपटक एमालेलेलाई भोट दिने योजना बनाएका छौं उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्व काग्रेसका हुन् । शिक्षक भएर अवसर लिएका जिल्लाकै भूगोल चिन्न नसकेको व्यक्ति संसदमा पु¥याएर जिल्लाबासीले विकासको अपेक्षा गर्नु बेकार हुने धारणा छ, मार्माका पुष्करसिह विष्टको । मान्छे नयाँ भनेर मत दिने पक्षमा जनता छैनन् । नयाँ पार्टीको विचार सिद्धान्त छैन् । पार्टीले स्वास्र्थ पूर्ति नगर्दा मात्रै उनीहरुले अर्को पार्टीमा डेरा मात्रै सरेको उनको टिप्पणी छ ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लक्ष्मणदत्त जोशीलाई २०६४ सालमा जिल्लाबासीले मत दिएर जिताएका हुन् । तर उनले संसदमा पुगेर संविधान बनाउन सकेनन् । न त जिल्लाको लागि केही काम गर्न सके, शैल्यशिखर नगरपालिकाका मनोरथ जोशीले भने, माथि पहुँच नभएकाहरुलाई भोट दिएर अहिलेको जस्तै अवस्था आउन दिनु हुँदैन् । २०७९ सालमा गठबन्धनबाट जिताएर पठाएका सांसदहरुले जिल्लाको लागि केही काम गर्न नसकेको उनको भनाई छ ।
सुदूरपश्चिम प्रदेशका संयोजक समेत रहेका ठगुन्नाले २०७० मा सांसद हुँदा संविधान निर्माणमा भूमिका खेले । २०७४ सालमा सांसद हुँदा जिल्लाको लागि विकास निर्माणका थुप्रै कामहरु अघि बढेको एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशी बताउँछन् । अहिलेको सन्दर्भमा दार्चुलाको विकास निर्माणमा एमाले उम्मेदवार ठगुन्ना सँग प्रतिस्पर्धी कोही छैनन् । उनी थप्छन्, काग्रेंसले दार्चुलामा २०४८ सालदेखि निरन्तर संसदमा गयो, मन्त्री पटकपटक भए तर एउटा पनि देखिने काम गर्न सकेनन् । तर हाम्रो नेतृत्व संसदको रुपमा जाँदा देखिने गरी काम भएका छन् ।
यसैबीच नेकपा एमालेका उम्मेदवार गणेशसिह ठगुन्ना नेतृत्वको टोली लेकम गाउँपालिकाको वडा नम्बर ५ मा घरदैलो अभियानमा छन् । नेकपा एमाले जिल्ला कमिटी दार्चुलाका सचिव उमेशराज जोशीका अनुसार उम्मेदवार वडास्तरमा मतदाता भेटघाटमा छन् । लेकम गाउँपालिका–६ मा भएको घरदैलो कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट २०७४ सालको निर्वाचनमा वडा सदस्य पदका उम्मेदवार बनेका धरमसिंह खत्री कांग्रेस परित्याग गरि नेकपा एमाले प्रवेश गरेका छन् ।
यस्तै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य नगेन्द्र तिंकरी नेतृत्वको टोली व्याँस गाउँपालिका ६ मा घरदैलो अभियानमा छन् । टोलीमा पूर्व प्रदेश कमिटी सदस्य गेल्बुसिह बोहरा, व्याँस इन्चार्ज भगतसिह ऐतवाल लगायतका छन् ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । जिल्ला कमिटी सदस्य तथा पूर्व प्रदेश कमिटी सदस्य नेतृत्वको टोली नगरपालिकाभरिका वडाहरुमा खटिएका छन् ।
एमाले जिल्ला कमिटी उपसचिव कर्णबहादुर खडायत नेतृत्वको टोली शैल्यशिखर नगरपालिका वडा नम्बर १ को टुडा, जोगेउडा, कटौजाडी लगायतमा भेटघाट गरेका छन् ।
नौगाड गाउँपालिकामा नेकपा एमालेका निर्वतमान प्रदेश कमिटी सदस्य प्रेमसिह धामी, लालबहादुर धामी नेतृत्वको टोली नौगाड गाउँपालिका–६ र वडा नम्बर १ मा भेटघाट गरेका छन् ।
अपिहिमाल गाउँपालिकामा गाउँ कमिटी अध्यक्ष धर्मानन्द मन्याल नेतृत्वको टोली वडा नम्बर १ र २ मा कार्यकर्ता भेटघाटमा छन् भने प्रदेश कमिटी सदस्य उर्मिला बोहरा नेतृत्वको टोली वडा नम्बर ३ मा भेटघाटमा रहेका छन् ।
यस्तै प्रदेश समिति सदस्य देवसिह महर, कृष्णसिह धामी हिमाल, उमेशसिह खत्री, जिल्ला कमिटी सचिवालय सदस्य खेमराज जोशी नेतृत्वको टोली मार्मा गाउँपालिका–१ जुडे ताकु क्षेत्रमा भेटघाटमा छन् ।
प्रदेश समिति सदस्य मोहनसिह धामी नेतृत्वको टोली मालिकार्जुन गाउँपालिका–८ मा घरदैलो अभियानमा लागेका छन् । अपिहिमाल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रसिह धामी नेतृत्वको टोली वडामा घरदैलो अभियानमा छन् ।










