दार्चुला प्रहरीको सक्रियता बढ्दो, माघमा १८ प्रतिवादी पक्राउ

दार्चुला — जिल्ला प्रहरी कार्यालय दार्चुलाले हरेक महिनामा गरेका कामहरूको सूची सार्वजनिक गर्दै आएको छ। महिनाभरि प्रहरीले गरेका गतिविधि समेटेर मासिक विवरण सार्वजनिक गर्ने अभ्यासलाई निरन्तरता दिएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार माघ महिनामा अपराध अनुसन्धानतर्फ ८ वटा र जघन्य तथा गम्भीर अपराधतर्फ ४ वटा मुद्दा दर्ता भएका छन्। यस अवधिमा १८ जना प्रतिवादी पक्राउ परेका छन् । अदालतको फैसला कार्यान्वयन अन्तर्गत ३ जना पक्राउ परेका छन् भने एक वर्ष कैद तथा २० हजार ५२० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ७ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए।

यो अवधिमा ७ वटा घरेलु हिंसाका उजुरी परेका छन् भने ११ वटा ठाडो उजुरी दर्ता भएका छन्। साथै, एक जनाले आत्महत्या गरेको घटना पनि अभिलेख भएको प्रहरीले जनाएको छ।

प्रहरीले एक महिनाको अवधिमा १३० वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

(हेर्नुहोस् प्रहरीको माघ महिनाको विस्तृत गतिविधि)

सम्बन्धित समाचार

ताजा समाचार