दार्चुलामा बृद्वाकाे हत्या घटनाकाे रहस्य अझै खुलेन

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-८ कि ७१ वर्षीया लक्ष्मी जाेशीकाे हत्या घटनाकाे रहस्य अझै खुल्न सकेकाे छैन् । हत्या भएको तीनदिन बित्दा पनि घट्नाकाे रहस्य खुल्न सकेकाे छैन् ।

साेमबार राति गरगहना लुटपाट गरेर घरमै हत्या गरेकाे अवस्थामा जाेशीकाे शव फेला परेको थियोे । तर उनकाे हत्या कसकाे संलग्नता थियाे, भन्ने कुरा अझै खुल्न सकेकाे छैन् । घट्नाबारे विभिन्न काेणबाट अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी गाैरब महतले बताए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टका अनुसार बृद्ध महिलाकाे हत्याको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक (सई) पदमबहादुर थापाकाे नेतृत्वमा चार जनाकाे विशेष टाेली दार्चुला पठाइएको छ । थापा नेतृत्वको टाेलीले बुधबार दार्चुला पुगेर अनुसन्धान थालेकाे छ ।
दार्चुला प्रहरीलाई सघाउन छिमेकी डडेल्धुरा र बैतडीबाट समेत अपराध अनुसन्धानमा अनुभव भएका प्रहरीलाई समेत खटाइएकाे छ । याे घटनामा तालिमप्राप्त कुकुरकाे समेत प्रयाेग गरिएको थियाे ।
डिएसपी महतका अनुसार कुकुर ल्याइ सकेपछि अनुसन्धान थप भइरहेकाे छ । कुकुर ल्याउँदा समेत निश्चित बिन्दु भने पहिल्याउन सकिरहेकाे छैन् । केहि शंकास्पद व्यक्तिलाई साेधपुछ भने प्रहरीले गरेकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार