प्रहरी हवल्दार हत्या प्रकरण : थप एक जना पक्राउ

सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी हवल्दार याेगेन्द्र घर्तीकाे हत्याका आराेपित थप एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार राजेन्द्र डडाललाई मंगलबार साँझ नाैगाडबाट पक्राउ गरिएको हाे ।

घट्नालगत्तै फरार रहेका डडाल भाग्ने क्रममा पक्राउ गरिएको उनले बताए । आराेपितमध्ये तीन जना अझै फरार रहेका छन्।

घटनामा फरार रहेका अन्य तीन जनाकाे खाेजी भइरहेकाे छ । प्रहरीले यसअघि याे घटनामा २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेका अस्मिता बियर बारका सञ्चालक आशिक पाल, लक्ष्मी बडू र मनिस पाल भने अझै फरार छन् ।
उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
मृतककाे शवकाे जिल्ला अस्पताल दार्चुलामा पाेष्टमार्टम भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार