दार्चुला । दार्चुलामा चरेससहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले दार्चुलाको महाकाली नगरपालिका–४ खलंगा बजारबाट उनीहरूलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा व्यास गाउँपालिका–६ हुती घर भई महाकाली नगरपालिका–४ मा डेरा गरी बस्ने २२ वर्षीय बिजय टमटा र खलंगा बजार बस्ने २१ वर्षीय धिरज लुहार रहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
उनीहरुको साथबाट ३१ ग्राम चरेश फेला परेकाे जनाएको छ ।


चरेससहित दार्चुलामा दुई जना पक्राउ




