दार्चुलामा दुई जना फरार प्रतिवादी पक्राउ

दार्चुला। दार्चुलामा प्रहरीले फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।अदालतको फैसला कार्यान्वयनका क्रममा दुई फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार अभद्र व्यवहार मुद्दामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएका महाकाली नगरपालिका वडा नम्बर ७ धापका २५ वर्षीय सुरेश राम कोली र विदेशी विनिमय अपचलन मुद्दामा ७७ हजार ३४८ रूपैयाँ ७० पैसा जरिवाना तोकिएका दुँहुँ गाउँपालिका वडा नम्बर १ पिपलचौरीका ३२ वर्षीय तेजबहादुर बमलाई पक्राउ गरिएको छ ।

प्रहरीले पक्राउ परेकालाई कानुनी प्रक्रिया अनुसार अदालतमा उपस्थित गराउने जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार