दार्चुलामा बसभित्र एक महिला मृत फेला परेकी छन् । महेन्द्रनगरबाट दार्चुलातर्फ आइरहेको महाकाली यातायातको ना ८ ख ३०१ नम्बरको बसभित्र एक महिला मृत फेला परेकी हुन ।
बैतडीको खोड्पेबाट दार्चुलाको दुहुँ गाउँपालिका वडा -२ हिकिला माइतीघर आउदै गरेकी ४० वर्षिय जानकी चन्द मृत फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी गौरव महतले जानकारी दिए । महिलाको घर सिगास गाउँपालिका बैतडी हाे ।

जानकीलाई उनका आफन्तले शैल्यशिखर नगरपालिकाको ग्वानीमा शनिबार विहान उठाउन खोज्दा नउठेपछि मालिकार्जुन प्रहरी चौकीमा खबर थिए । त्यसपछि प्रहरीले आफ्नै गाडीमा हालेर जानकीलाई जिल्ला अस्पताल ल्याएको थियो । अस्पताल पुगेपछि महिलालाई मृत घाेषणा गरिएको हाे ।






