यस्तो रह्यो दार्चुलामा एमालेको पालिका भेला

नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत मंगलबार ९ वटै पालिकामा जनप्रदर्शन तथा पालिका भेलाको आयोजना गरेको छ । प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिकास्तरमा जनप्रदर्शन तथा भेलाको आयोजना गरेको हो ।
भेलामा भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पार्न भेलाको आयोजना गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ । भदौ २२ गते ६१ वटै वडामा जागरण कार्यक्रम गरेको नेकपा एमालेले मंगलबार पालिकास्तरमा कार्यक्रमको आयोजना गरेको हो ।
प्रदर्शन भव्य बनाउन हरेक सहभागीले एमालेको झण्डासहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रदर्शन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रदर्शनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोण सभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न एमालेले केन्द्र, प्रदेश र जिल्लास्तरका नेतालाई पालिकामा खटाएको थियो ।
यस्तै एमालेले कात्तिक २९ गते जिल्लास्तरीय आमसभा, मंसिर ६ गते काठमाडौँमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रुपमा पनि रहने एमालेले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार