दार्चुला — संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा दार्चुला खलंगास्थित महेन्द्र माध्यमिक विद्यालय अन्तर्गत रहेको अनाथ असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । सामाजिक विकास कार्यालयको सहयोगमा एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितण गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कस्यप), प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, सुरक्षा निकायका प्रमुख, महाकाली नगरपालिकाका प्रशासकीय अधिकृत लगायत सरोकारवालाहरुको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको छ ।
अनाथलयमा रहेका २० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको महेन्द्र मावि खलंगाका प्राधानाध्यापक दामोदर जोशीले जानकारी दिए । विद्यार्थीहरुलाई पठन–पाठनमा सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण गरिएको हो ।
यो वर्ष जेन जी आन्दोलनका कारण सरकारले हर्षोउल्लासका साथ सविधान दिवस मनाएन् । दार्चुलामा पनि सरकारी तवरणबाट शैक्षिक सामग्री वितरण कार्यक्रम गरिएको छ ।
यस्तै विद्यालयहरुले विद्यालय तहमा संविधान दिवस मनाएका छन् ।
नेपाली काग्रेंसले बजारमा ¥याली निकाल्दै संविधान दिवस मनाएको छ ।
