वडामै पुगेर नागरिकता वितरण र राष्ट्रिय परिचयपत्रमा नाम दर्ता (फोटो फिचर)

दुर्गम क्षेत्रबाट आउने ज्येष्ठ नागरिक, शारिरिक अपाङ्गता भएका व्यक्तिले राष्ट्रिय परिचयपत्र बनाउन समस्या भोग्नुपरेको समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले वडामै पुगेर नागरिकता वितरण तथा राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन १२ गतेदेखि साउन १७ गतेसम्म शिविर सञ्चालन गरि नागरिकता वितरण तथा राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामी नेतृत्वको टोलीले लेकमका वडा वस्तीमा पुगेर नागरिकता प्रमाणपत्र, प्रतिलिपि तथा राष्ट्रिय परिचयपत्र दर्ता गराउने काम गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी धामीका अनुसार एकसातामा लेकम गाउँपालिकामा १४१ जनालाई नागरिकता प्रमाणपत्र प्रतिलिपि वितरण गरिएको छ । जसमा ५९ जना पुरुष तथा ८२ जना महिला रहेका छन् ।
यस्तै ७२ जना पुरुष र १२५ जना महिला गरी १९७ जनाको राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिए । राष्ट्रिय परिचयपत्रमा नाम दर्ता र नागरिकता पाउनेमा ज्येष्ठ नागरिक, अशक्त, असहाय र एकल महिला रहेका छन् ।
शिविरको क्रममा लेकम गाउँपालिका–६ का ९७ वर्षीय जयानन्द नाथ र लेकम १ का ९६ वर्षीय परूलीदेवी बोहरालाई घरमै नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको धामीको भनाई छ ।

तस्बिरहरु :

सम्बन्धित समाचार

ताजा समाचार