कार्य सम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय दार्चुला सुदूरपश्चिममै उत्कृष्ट घोषित

दार्चुला । सुदूरपश्चिम प्रदेश अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को कार्य सम्पादन सम्झौताअनुसारको वार्षिक कार्य प्रगति समिक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुला उत्कृष्ट घाेषित भएको छ ।
कार्यालयले गरेका वर्षभरिकाे कार्यसम्पादनका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला यस वर्ष प्रदेशकै उत्कृष्ट घोषित भएको हाे ।

प्रदेश प्रहरी कार्यालय धनगढीमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बरबहादुर बिकले जिल्ला प्रहरी कार्यालयले ९०.९८ प्रतिशत अङ्कसहित प्रथम भएको घाेषणा गरे ।
प्रदेश अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरूले श्रावणदेखि असार मसान्तसम्मको कार्य विवरण प्रस्तुत गरेका थिए ।

समिक्षाका क्रममा, कार्यसम्पादन सम्झौताअनुसार प्राप्त तथ्याङ्कको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले सर्वाधिक अंकसहित उत्कृष्ट भएको विकले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार