जोखिममा रहेको लास्कुखोला फलामे पुलको संरक्षण गर्दै सुरक्षाकर्मी

दार्चुला – वर्षासँगै लास्कुखाेलामा पानीको बहाव तीव्र रूपमा बढेपछि जोखिममा रहेको लास्कुखोला फलामे पुलको संरक्षणमा सुरक्षाकर्मी जुटेका छन् ।महाकाली नगरपालिका–१ र ४ जोड्ने लास्कुखोला पुल वरिपरि ग्याल्बिन तार लगाएर पुलको संरक्षण गरिएको हो।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पाैडेलकाे नेतृत्वमा गएका सुरक्षाकर्मीहरूले पुल संरक्षण गरेका हुन् ।
पुलकाे स्थानीय तह र जिल्ला स्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सक्रिय सहभागितामा नदिले पुल जाेखिमबाट राेक्ने काम गरिएको छ ।
यस पुलबाट दुवै वडाका बासिन्दाका साथै दुहु र व्याँस गाउँपालिकाका नागरिक आवतजावत गर्ने गर्छन् ।
वर्षातकाे समयमा खोलाको बहाव बढ्दा पुलमा क्षति पुग्ने सम्भावना रहेको भन्दै समयमै संरक्षण गरिएको प्रजिअ पाैडेलले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार