दार्चुलामा प्रमुख जिल्ला अधिकारी पाैडेलकाे स्वागत

दार्चुलाका प्रमुख जिल्ला अधिकारीकाे रूपमा सरूवा भएर आएका अनिल पौडैलकाे शुक्रबार जिल्ला प्रशासन कार्यालयमा स्वागत गरिएको छ ।
यसअघि दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको गृहमन्त्रालय सरुवा भए पछि गृहमन्त्रालयले पौडेललाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाएको थियाे ।
प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न पुगेका पाैडेललाई सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामी लगायत प्रशासनका कर्मचारीले स्वागत गरे ।

सम्बन्धित समाचार

ताजा समाचार