प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा जोशी निर्विरोध निर्वाचित

प्रेस चौतारी नेपाल दार्चुलाको पाँचौ जिल्ला अधिवेशनबाट लोकेन्द्रप्रसाद जोशी निर्विरोध निर्वाचित भएका छन् । बिहीबार दार्चुला सदरमुकाम खलंगामा भएको अधिवेशनले जोशीलाई दोस्रोपटक निर्विरोध निर्वाचित भएका हुन् ।
प्रेस चौतारी दार्चुलाका उपाध्यक्षमा रमेशसिह खत्री, महिला उपाध्यक्षमा विमला भुजेल धामी, सचिव मानसिह कुवर, सहसचिव निरज कुमार धामी, समावेशी सचिव पदम परियार र कोषाध्यक्षमा उद्धवसिह धामी निर्वाचित भएका छन् । ११ सदस्यीय कार्यसमितिको सदस्यमा रवी ओेड, मनोरथ मिश्र, लोकेन्द्रसिह धामी र जानकी जोशी चयन भएका छन् ।
आगामी फागुन पहिलो साता हुने प्रदेश प्रेस चौतारीको अधिवेशनको लागि कृतिनिधि जोशी, विपिन विष्ट र लक्ष्मी भाट प्रदेश पार्षदमा निर्वाचित भएका छन् । भने केन्द्रीय प्रतिनिधि पार्षदमा लक्ष्मणसिह धामी, कृष्णसिह धामी र चादनी चैसिर निर्वाचित भएका छन् ।

निर्वाचित समितिलाई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा निर्वाचन आयोगका प्रतिनिधि धनराज साउँद, प्रेस चौतारी नेपाल सुदूरपश्चिम सह इन्चार्ज राजेन्द्रसिह धामी, दार्चुला इन्चार्ज तथा केन्द्रीय सदस्य सुरेश पन्त, प्रेस चौतारी नेपाल प्रदेश अध्यक्ष कृष्ण ओली, महासचिव शिवराज भट््ट र सचिव नरेन्द्रसिह कार्कीले प्रमाणपत्र एवं बधाई ज्ञापन गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार