मङ्सिर ६ गतेबाट टिंकर गाउँ सुनसान बनेको छ । टिंकरका स्थानीय कुञ्चा सर्दै खलंगा झरे भने सुरक्षाकर्मी छाङ्गरु झरेपछि टिंकर पूरै सुनसान बनेको हो ।
गत बैशाखमा गाउँ उक्लिएका सौका समुदाय चिसो बढेसँगै औल अर्थात खलंगा बसाइ सरेपछि यति बेला टिंकर मानवबिहिन बनेको छ । स्थानीयले गाउँका ढोकामा ताला लगाएर खलंगा झरेको व्याँस गाउँपालिका–१ का दानसिह तिंकरी बताउँछन् ।
यहाँको सुरक्षा जिम्मेवारी भनेकै भगवान भरोसा हो । हरेक वर्ष छ महिना गाउँमा कोहि बस्दैनन् उनले भने, ढोकामा लगाइएको ताला वैशाखमा मात्रै खुल्छ । यो ठाउँमा अत्यधिक हिमपात हुने गरेका कारण पनि यहाँ चोरी हुने सम्भावना हुँदैन् ।
टिंकर नजिकै रहेको छायालेकमा सस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) र इलाका प्रहरी कार्यालय टिंकर छ । सुरक्षाकर्मी पनि स्थानीय खलंगा झरेसँगै उनीहरु छाङ्गरु झरेका छन् । स्थानीय मङ्सिर ४ गते गाउँबाट हिडेका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी मङ्सिर ६ गते बसाई सरे, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङ्गरुका डिएसपी लीली चन्दले भने । मान्छे नै कोहि नभएपछि हाम्रो पनि सुरक्षाकर्मी छाङ्गरु झरेका छन् ।
टिंकरमा माइनस तापक्रम पुगेको छ । छाङ्गरुमै माइनस तापक्रम पुग्ने बेला भइसक्यो, डिएसपी चन्दले भने, बिहान र बेलुकी निकै चिसो बढेको छ । यो वर्ष अहिलेसम्म धेरै हिमपात भएको छैन् । हिमपातको बेला यहाँ पनि बस्न गाह«ो हुने अवस्था छ । सरकारले दुई वर्षदेखि छाङ्गरुमा बर्षभरी नै सुरक्षाकर्मीको उपस्थिति गराएको छ ।
