दार्चुला जिप दुर्घटना : चालक निदाएका कारण दुर्घट्ना भएकाे हुन सक्ने अनुमान

दार्चुलामा जिप दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी पु¥याइएको छ । उनीहरुको निर्सग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप चालक निदाएको कारण हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश दाहाल घट्ना घट्नुमा अहिले नै यो नै कारण नखुले पनि चालक सुतेको कारण दुर्घटना भएको हुन सक्ने बताए ।
हेलिकप्टरमा उद्धार गरिएकामा जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका–५ का उत्तम रोकाया रहेका छन् ।
शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा शुक्रबार बिहान म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको थियो । मालिकार्जुनमा भएको रात्रिकालिन जात्रबाट गोकुलेश्वरतर्फ गइरहेको जिप दुर्घटना भएको हो । दुर्घटना परि आठ जनाको घट्नास्थलमै मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार