प्रसिद्ध मालिकार्जुन जात्रा आज, सुरक्षा व्यवस्थामा कडाई

राष्ट्रकै सातधाम मध्येको मालिकार्जुन मन्दिरमा बिहीबार रात्रिकालिन जात्रा लाग्दैछ । कार्तिक शुक्ल चतुर्दशीका दिन लाग्ने रात्रिकालिन जात्रामा हजारौं भक्तजन आउने अपेक्षा गरिएको छ ।
हरेक वर्ष यो जात्रामा सबैभन्दा बढि भक्तजनको भीड हुने गर्दछ । हिजो शिखर जात्रा पुजन गरेपछि आज मालिकार्जुन मन्दिरमा पुजापाठ हुने गर्दछ । मालिकार्जुन धाममा लाग्ने जात्रामा शान्ति सुरक्षाका लागि २५० वढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
जात्रा अवधिभर मदिरा तथा जुवातास पूर्ण रुपमा निषेध गरिएको छ । जात्रालाई शान्तिपुर्वक बनाउनको लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन हुन लागेका हुन् ।
जात्रामा लागूऔषध तथा मदिराजन्य पदार्थलाई मध्यनजरगर्दै प्रहरीले पसलहरुमा खोजतलास, निगरानी गर्नुका साथै झोलासमेत चेकजाँच गर्ने जनाएको छ । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न ३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) खटिनेछन् ।
जनपद प्रहरीबाट डिएसपीको कमाण्डमा ३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित १ सय पचास जना जवान, १० जना सादा पोसाकका प्रहरी र ८ जना ट्राफिक प्रहरी पनि खटिने भएका छन् ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट डिएसपीको कमाण्डमा ८० जना सशस्त्र प्रहरी खटिने जनाइएको छ । जात्राको दिन सवारी साधनहरुमा समेत क्षमता भन्दा बढि यात्रु बोकेका पाइएमा चालकहरुलाई कारवाही गरिने छ ।

सम्बन्धित समाचार

ताजा समाचार