निर्वाचन आयोगले अन्तिम मतदाता स्वीकृति गरेको छ । आगामी मंसिर १६ गते उपनिर्वाचन हुने दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ को मतदाता संख्या, मतदान स्थल र मतदान केन्द्रको विवरण सार्वजनिक गरिएको छ ।
जसअनुसार वडा नम्बर ५ मा ६२३ महिला र ६४९ जना पुरुष मतदाता गरी कुल १ हजार २७२ जना मतदाता रहेका छन् । दुहुँ वडा नम्बर ५ को मतदानस्थल दुर्गा आधारभूत विद्यालय गरमौरा कायम गरिएको छ । भने सो मतदान स्थलमा दुई वटा मतदान केन्द्र तोकिएको छ ।
वडा नम्बर ५ मा हुने निर्वाचनको लागि जिल्ला न्यायाधीश पुष्पराज पाण्डेलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।