जिल्ला प्रशासन कार्यालय दार्चुलाले अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता वितरण गरेको छ । शैल्यशिखर नगरपालिकाका दुई जना अपाङ्गता भएका व्यक्तिलाइ नागरिकता वितरण गरिएको हो ।
शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ का मोहन टमटा र सन्दिप चन्दलाई घरमै पुगेर नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । हिँडडुल गर्न नसक्ने व्यक्तिलाई स्थानीय तहसँगको समन्वयमा नागरिकता वितरण गरिएको छ ।
नागरिकता लिन योग्य, उमेर पुगेका तर, अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिलाई नागरिकता वितरण गरिएको छ ।
नागरिकता वितरण गर्न प्रमुख जिल्ला अधिकारी जोशीसँगै शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजयसिह धामी, उप प्रमुख शान्ती खडायत लगायतको टोली गएको थियो ।