नौगाडमा बादर धपाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु

दार्चुला । दार्चुलाको नाैगाडमा बादर धपाउने क्रममा भीरबाट लडेर एकजनाकाे मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ साङपाङका अन्दाजी ४५ वर्षीय उदयसिंह ठगुन्नाको बादर धपाउने क्रममा भीरबाट लडेर मृत्यु भएकाे हाे । रुखमा चढेर बादर हेर्ने क्रममा उनी भीरबाट खसेर घट्नास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिहले बताए । ठगुन्ना भीरबाट करिब ३०० मिटर तल खसेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार