नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ दार्चुलाको तेस्रो जिल्ला अधिवेशनबाट जगतसिह साउँद अध्यक्षमा चयन भएका छन् । शनिबार दार्चुलामा भएको तेस्रो अधिवेशनले साउँदको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन गरेको छ ।
महासंघको उपाध्यक्षमा जनक ठेकरे, कौसा धामी, सचिवमा हेमन्त मिश्र, सहसचिवमा नवराज धामी र दिपक सिंह कार्की, कोषाध्यक्षमा किसनसिंह ऐरी चयन भएको नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य जगतसिंह धामीले जानकारी दिए ।
अधिवेशनको नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं दार्चुला इन्चार्ज गणेशसिह ठगुन्नाले उद्घाटन गरे । कार्यक्रममा नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य जगतसिंह धामी, एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी सदस्य गौरी बडाल, प्रेमसिंह धामी, एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, लगायतको सहभागिता


नेपाल खेलकुद महासंघ दार्चुलाको अध्यक्षमा साउँद चयन




