दार्चुलाको दुहुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१।०८२ को लागि नीति कार्यक्रम र बजेट गाउँसभामा पेश गरेको छ । शुक्रबार भएको १४ औंं गाउँसभामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट पेश भएको हो ।
गाउँपालिका उपाध्यक्ष शान्ति देवी बमले आगामी आर्थिक वर्षको लागि कुल ३३ करोड ८ लाख २९ हजार रुपैयाँको अनुमानित बजेट गाउँसभामा पेश गरेकी छिन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र पालिकाहरूले बजेट ल्याउनुपर्ने प्रवाधान छ । सोही अनुरुप दुहुँले गाउँसभामा नीति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाले गाउँसभामा प्रस्तुत गरेको बजेट अनुसार संघीय वित्तीय समानिकरणतर्फ ८ करोड ५६ लाख, संघीय सर्शत चालू अनुदानतर्फ १३ करोड ६० लाख, ८२ हजार, संघीय सर्शत पूजीगत अनुदानतर्फ ४० लाख, संघीय राजस्व बाँडफाँडतर्फ ६ करोड १७ लाख, संघीय विशेष अनुदानतर्फ १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यसैगरी प्रदेश वित्तीय समानीकरणतर्फ ७५ लाख २६ हजार, प्रदेश सवारी साधनकर १५ लाख ४३ हजार, आन्तरिक आम्दानी ४८ लाख ६८ हजार, प्रदेश समपुरक अनुदानतर्फ ८३ लाख ५० हजार, प्रदेश विशेष अनुदान ३५ लाख, प्रदेश सर्शत चालूतर्फ ७ लाख ६० हजार, र प्रदेश सर्शत पूजीगततर्फ ४९ लाख बजेट अनुमान गरिएको छ ।
पालिकाले चालू खर्च २७ करोड ५६ लाख २९ हजार तथा पूजीगत खर्च ५ करोड ५२ लाख हुने अनुमान गरिएको छ ।
