पूर्व गाविस सचिव धामी काग्रेस परित्याग गरी एमालेमा प्रवेश

लामो समय गाविस सचिव भएर काम गरेका मालिकार्जुन गाउँपालिका–४ का सुन्दरसिह धामी नेकपा एमाले प्रवेश गरेका छन् । सेवानिवृत्त पश्चात नेपाली काग्रेसमा क्रियाशिल रहेका धामी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
उनलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्नाले टिका लगाएर पार्टी प्रवेश गराए । सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रममा धामीलाई पार्टी प्रवेश गराइएको एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार