एकीकृत समाजवादी दार्चुलाबाट केन्द्रीय प्रतिनिधि छनाेट

आगामी असार १६-२० सम्म हुने १० ओैं राष्ट्रिय महाधिवेशनकाे लागि दार्चुलाबाट एकीकृत समाजवादी दार्चुलाबाट सर्वसम्मत केन्द्रीय प्रतिनिधि छनाेट गरेकाे छ । आइतबार दार्चुला सदरमुकाम खलंगामा भएको भेलाले प्रतिनिधि छनाेट गरेकाे हाे ।
प्रतिनिधि छनाेटबारे आयाेजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष किसनसिह धामीले ७ जना प्रतिनिधि सर्वसम्मत छनाेट गरेकाे जानकारी दिए ।
कुल ८५७ जना संगठित सदस्य रहेकाे नेकपा एसले महिलातर्फ राधिका अवस्थी र रूकमति जागरी, दलिततर्फ प्रमानन्द ओड छनाेट भएका छन् ।
यस्तै खुलातर्फ गणेश कुमार जाेशी, किसन धामी, नरेन्द्र रावल र हिरा धामी छनाेट भएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार