यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको छ । नेपालमा सरदर जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यसपालि तीन दिन छिटो आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भेगबाट प्रवेश गरेको मनसुन बिस्तारै अन्य भू–भागतिर अगाडि बढ्ने छ ।
गएको वर्ष एक दिन ढिला गरेर मनसुन नेपाल प्रवेश गरेको थियो । नेपालमा औसतमा जुन १३ मा शुरु भएर अक्टोबर २ सम्म सरदर एक सय १२ दिन मनसुन रहन्छ ।


नेपालमा तीन दिन अगाडि भित्रियो मनसुन




