काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु

दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ र ३ को सीमामा पर्ने गाडखोलामाथि निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ।

पुलमार्फत खोला तर्दै गरेका मालिकार्जुन गाउँपालिका–८ निवासी अन्दाजी ५६ वर्षीय धनसिंह धामी पुल भाँचिएसँगै खोलामा खसेका थिए। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटनामा उनको ज्यान गएको हाे।

सम्बन्धित समाचार

ताजा समाचार