दार्चुलाका स्थानीय तहमा कति छ संघीय अनुदान ?

सरकारले आगामी आर्थिक वर्ष ०८१।०८२ मा कार्यान्वयन हुने गरी बजेट विनियोजन गरेको छ । आउँदो आर्थिक वर्षका लागि पालिकाहरुलाई वितरण हुने संघीय अनुदान दार्चुलाका सबै स्थानीय तहमा विनियोजन गरेको छ ।
जसअनुसार शैल्ययशिखर नगरपालिकालाई सबैभन्दा बढी र अपिहिमाल गाउँपालिकालाई सबैभन्दा थोरै बजेट विनियोजन गरिएको छ । शैल्यशिखर नगरपालिकामा ४५ करोड ५ लाख रुपैयाँ तथा महाकाली नगरपालिकामा रु ४३ करोड ४५ लाख बजेट विनियोजन भएको छ ।
अपिहिमाल गाउँपालिकालाई रु १९ करोड ७१ लाख, दुहुँ गाउँपालिकालाई रु २३ करोड ५६ लाख, नौगाड गाउँपालिकालाई रु २८ करोड ९६ लाख, व्याँस गाउँपालिकालाई रु २५ करोड २८ लाख, मार्मा गाउँपालिकालाई रु ३७ करोड ४१ लाख, मालिकार्जुन गाउँपालिकालाई रु ३७ करोड ९९ लाख र लेकम गाउँपालिकालाई रु ३५ करोड १४ लाख विनियोजन गरिएको छ ।
यस्तै समानीकरण अनुदानतर्फ महाकाली नगरपालिकामा रु १२ करोड ९४ लाख, शैल्यशिखर नगरपालिकामा रु १२ करोड ५१ लाख, अपिहिमाल गाउँपालिकामा रु ७ करोड ३२ लाख, दुहुँ गाउँपालिकामा रु ८ करोड ५६ लाख, नौगाड गाउँपालिकामा रु १० करोड २५ लाख, व्यास गाउँपालिकामा रु ८ करोड ३१ लाख, मार्मा गाउँपालिकामा रु १० करोड १५ लाख, मालिकार्जुन गाउँपालिकामा रु १० करोड ८५ लाख, लेकम गाउँपालिकामा रु १० करोड १८ लाख रुपैयाँ पठाइएको छ ।
ससर्त अनुदानतर्फ महाकाली नगरपालिकामा रु २९ करोड ६ लाख, शैल्यशिखर नगरपालिकामा रु ३१ करोड ४६ लाख, अपिहिमाल गाउँपालिकामा रु १० करोड ८९ लाख, दुहुँ गाउँपालिकामा रु १३ करोड ८० लाख, नौगाड गाउँपालिकामा रु १७ करोड २१ लाख, व्याँस गाउँपालिकामा रु १५ करोड ८७ लाख, मार्मा गाउँपालिकामा रु २२ करोड ९६ लाख, मालिकार्जुन गाउँपालिकामा रु २५ करोड १४ लाख, लेकम गाउँपालिकामा रु २३ करोड ४६ लाख रुपैयाँ पठाइएको छ ।
यस्तै विशेष अनुदानतर्फ अपिहिमाल गाउँपालिकामा १ करोड ५० लाख, दुहुँ गाउँपालिकामा रु १ करोड २० लाख, नौगाड गाउँपालिकामा १ करोड ५० लाख, मार्मा गाउँपालिकामा ४ करोड ३० लाख विनियोजन गरिएको छ ।
यस्तै समपुरक अनुदानतर्फ महाकाली नगरपालिकामा रु १ करोड ४५ लाख, शैल्यशिखर नगरपालिकामा १ करोड, व्याँस गाउँपालिकामा १ करोड १० लाख, मालिकार्जुन गाउँपालिकामा रु २ करोड २० लाख तथा लेकम गाउँपालिकामा रु १ करोड ५० लाख रुपैयाँ पठाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार