सुनको भाउ तोलामा १ हजार रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज १ हजार रुपैयाँले घटेको छ । सुनको भाउ १ हजार रुपैयाँले घटेर १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी १५ रुपैयाँले घटेर तोलाको १ हजार ८ सय ३५ रुपैयाँ कायम भएकाे महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार