दार्चुलाः विशेषमा ८ करोड ५० लाख र समपुरकमा ६ करोड २५ लाख बजेट विनियोजन

दार्चुला । दार्चुलाका विभिन्न स्थानीय तहमा संघीय सरकारको विशेष योजना तथा कार्यक्रमतर्फ ८ करोड ५० लाख र समपुरक योजना आयोजनाहरुमा ६ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । विशेषमा जिल्लाभरी प्राप्त साढे आठ करोडमध्ये मार्मा गाउँपालिकामा मात्रै तीन वटा योजनामा ४ करोड ३० लाख बजेट परेको छ ।

समपुरक योजनाहरुतर्फ महाकाली नगरपालिकाको नगर क्षेत्रभित्र सडक स्तरोन्नती आयोजनाका लागि १ करोड ४५ लाख विनियोजन गरिएको छ । मालिकार्जुन गाउँपालिकाको जोलजिवि चौकी धरमपानी खेतार सान्नीचौर शंकरपुर सडक निर्माण योजनाका लागि १ करोड बजेट र मालिकार्जुनमै प्रशासकीय भवन निर्माण आयोजनाका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

लेकम गाउँपालिकाको गोकुलेश्वर लाली सडक खण्डको लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । व्याँस गाउँपालिकाको रानिस्थान ब्रह्ममन्दिर धार्मिक तथा पर्यटकीय स्थल निर्माणका लागि १ करोड १० लाख बजेट विनियोजन गरिएको छ । शैल्यशिखर नगरपालिकाको बगौरा, रानिशिखर, देथला सडक निर्माणका लागि १ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै विशेष योजनातर्फ अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी मावि विद्यालय भवन निर्माणका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । दुहुँ गाउँपालिकाको मातृशिशु स्वास्थ्य तथा पोषण सुधार आयोजनाका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको छ । नौगाड गाउँपालिकाको धुलिगाडा खोला मसानघाटदेखि काठाबगरसम्म पक्की तटबन्ध निर्माणका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

मार्मा गाउँपालिकाको दुर्गेश्वरी मावि घोल्जर भवन निर्माणका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । मार्माकै समैती खानेपानी आयोजना निर्माणका लागि १ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । यस्तै मार्माकै तपोवन मावि पडपडा विद्यालय भवन निर्माणका लागि १ करोड ४५ लाख बजेट विनियोजन गरिएको छ।

सरकारको प्राथमिकतामा पर्नुपर्ने महाकाली कोरिडोर (ब्रह्मदेब-झुलाघाट-दार्चुला-टिंकर) सडकमा ५१ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । कोरिडोरमा बजेट प्रयाप्त विजियोजन नभएको जनगुनासो छ ।

सम्बन्धित समाचार

ताजा समाचार