सुनको मूल्यमा दिनदिनै रेकर्ड, तोलाको एक लाख ४१ हजार आठ सय रुपैयाँ

काठमाण्डौ – सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेर एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ ताेलाकाे एक लाख ४० हजार नौ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर एक हजार नाै सय ४० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार