रेशमले रञ्जिताविरुद्ध दायर गरेको मुद्दाको आज फैसला आउने

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको हो। रिटमाथिको सुनुवाइ सकिएकाले आजै बेलुकासम्म फैसला आउनेछ।

२०८० साल १२ महिना २५ गते प्रारम्भिक सुनुवाइ भएको सो मुद्दामा वैशाख ७ गते सर्वोच्चले अन्य आदेश जारी गरेको थियो। वैशाख १४ गते सो मुद्दामा मिसिल झिकाउन आदेश भएको थियो।

त्यसपछि वैशाख १८ र २४ गते हेर्न नभ्याइने सूचीमा राखिएको मुद्दामा आज अन्तिम सुनुवाइ भएको हो। त्यसअघि चैत्र २५ गते सर्वोच्चले नागरिक उन्मुक्तिको अध्यक्षमा चौधरीलाई मान्यता नदिनुको कारण पेश गर्न आदेश दिएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार