दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष पुष्पराज जोशी गाउँभरिका दलितको सहारा बन्दै छन् । युवा नेता जोशीले गाउँभरिका १८ दलित परिवारलाई निशुल्क रुपमा ग्याँस चूलो वितरण गरेका छन् । दाउँराको परनिर्भरता घटाउन ग्याँस चूलो वितरण गरिएको वडा अध्यक्ष जोशीले बताए । उनले भने, ‘दलितलाई पनि गैरदलित सरह मूलधारमा ल्याउन खोजिएको हो ।’ दलितलाई सिलेन्डर ग्याँस चूलो, रेगुलेटर वितरण गरिएको छ । अझै बत्ति नपुगेको दलित बस्तिमा विजुली पु¥याउन आफुले पहल गरिरहेको उनले बताए । दलित बस्तीमा कुनै पनि समस्या हुन दिदैन्, उनले भने, आफ्नो कार्यकालभित्रै सबै वस्तीमा बत्ति बल्छ ।


दलित परिवारको सहारा बन्दै वडा अध्यक्ष जोशी

सम्बन्धित समाचार



