दार्चुला –करेन्ट लागेर गम्भीर घाइते भएकी दार्चुलाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला शैल्यशिखर नगरपालिका–१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको बर्निङ अस्पतालमा निधन भएको हो । गत शुक्रवार दिउँसो घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई तितरालाई करेन्ट लागेको थियो ।






