व्याँसको सुन्सेरामा सशस्त्र प्रहरीको बीओपी भवनको शिलान्यास

दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर–४ सुन्सेराको डोकटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवनकाे शिलान्यास गरिएको छ । बीओपी भवनको बिहीवार शिलान्यास गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हर्कराज पन्तका अनुसार सशस्त्र प्रहरी बल बैजनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश कुमार पाण्डे, प्रमुख जिल्ला अधिकारी किरण जोशी, व्याँस गाउँपालिकाका उपाध्यक्ष बिनोद कुँवर, गुरुगोरख गुल्म दार्चुलाका गुल्मपति बुद्ध देवकोटा, व्याँस गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष झुन सिंह विष्टको उपस्थितिमा भवन शिलान्यास गरिएको हो । १ करोड ५९ लाखमा ठेक्का सम्झौता भएको बीओपी भवनको सरस्वती रिठगडे जेभीले निर्माण गर्ने बताइएको छ । व्याँस गाउँपालिका–४ सुन्सेरामा घरभाडामा लिई २०८० बैशाख २५ गते बीओपी स्थापना गरिएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार