कञ्चनपुरः कञ्चनपुरका विभिन्न स्थानबाट २ लाख बढीका भन्सार छलीगरी ल्याएका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकी स्थित विद्युत कार्यालय अगाडीबाट अबैध भन्सार छलीका अन्दाजी ८० हजार ९ सय ४० मूल्य बराबरको कपडा, साडीफल, सुर्ती, पोलिथिन, अचार मसला लगायतका सामान प्रहरीले बरामद गरेको छ।
यस्तै भिमदत्त नगरपालिका–६ बनगाँउबाट अन्दाजी ९२ हजार मूल्य बराबरको चिनी, नरिवल, तरकारी लगायतका सामान र बेलौरी नगरपालिका–१ फटैयाबाट अन्दाजी २९ हजार ९० रुपैया मूल्य बराबरको सुर्ती, दुध पाउडर, मैदा, बिडी लगायतका सामानहरु शुक्रवार प्रहरी गस्ती टोलीले फेलापारी बरामद गरेको जनाएको छ।