कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१३ का पदम कठायतलाई उनकै घरबाट कञ्चनपुर प्रहरीले शुक्रवार पक्राउ गरेको हो।
कञ्चनपुर अदालतले कठायतलाई लागुऔषध मुद्धामा २०७९ फागुन ४ गते २ महिना १० दिन कैद र ५ हजार जरिवाना तोकेपछि फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कठायतलाई अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ।