महाकाली नगरपालिकाको आन्तरिक आम्दानी एक करोड

दार्चुला । महाकाली नगरपालिकाले अहिलसम्मकै उच्च राजस्व संकलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष ०७९÷०८० मा कुल १ करोड १६ लाख ५९ हजार १४१ रुपैयाँ राजस्व संकलन गरेको हो ।
नगरपालिकाले कुल १ करोड १२ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गर्ने अनुमान गरेकोमा लक्ष्यभन्दा बढि राजस्व संकलन भएको नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले जानकारी दिए ।
महाकाली नगरपालिकाको आयोजना तथा दार्चुला विकास संगठन अन्तर्गत सञ्चालित सारथी एफएमको सहजीकरणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले सो राजस्व संकलन भएको जानकारी गराए । उनले भने, नगरपालिका स्थापनापछि अहिलेसम्मकै बढि राजस्व संकलन भएको छ । संकलन भएको राजस्व सम्बन्धित शिर्षकमै खर्च गर्ने गरी कार्यविधि निर्माण भइरहेको छ । कार्यविधि टुंग्याएपछि सोहीअनुसार खर्च गरिने छ ।
नगरपालिकाले सम्पत्तिक कर, घर बहाल कर, भाडा बहाल कर, कृषि तथा पशु जन्य वस्तु, ओखेटापहार, बालुवा निकासी तथा लोडर, शुल्क तथा बिक्रीमा कर लगाउने गरेको छ । यस्तै न्यायिक दस्तुर, शिक्षा क्षेत्र, प्रशासनिक सेवा शुल्क, नक्सापास दस्तुर, सिफारिस दस्तुर, व्यक्तिगत घट्ना दर्ता, नाता प्रमाणित दस्तुर शुल्क लिने गरेको छ । यस्तै व्यवसाय कर, व्यवसायिक रजिष्ट्रेसेन दस्तुर, चार किल्ला, भेरिफिकेशन, अन्य आय क्षेत्र, घरजग्गा रजिष्ट्रेशन तथा बैंक आम्दानी लगायतमा दस्तुर संकलन हुने गरेको सूचना अधिकारी जोशीले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार