दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–४ का ७५ वर्षीया देवकी भट्ट सिडीबाट लडेर गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शुक्रबार बिहान ७:५५ बजे भएको दुर्घटनापछि घाइते भट्टलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्याइएको थियो।

अस्पतालका चिकित्सकले थप उपचारका लागि धनगढी रेफर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक सुरक्षा तथा समन्वय गरी उनलाई सुरक्षित रूपमा धनगढी पठाउने व्यवस्था मिलाएको जनाएको छ।












