दार्चुलामा महाकाली राजमार्ग अवरुद्ध हुँदा यातायात ठप्प

दार्चुला । अविरल वर्षापछि दार्चुलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । गाेकुलेश्वर- खलंगा सडक खण्डकाे ऐरीछाना पनेवाज सडक खण्ड अवरुद्ध भएको हाे ।
यस्तै गोकुलेश्वर– लटिनाथ सडकखण्डको एक ठाउँमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारीसाधन चल्न सकेका छैन् । पनेबाज क्षेत्रमा खसेकाे पहिराेका कारण धनगढी महेन्द्रनगरबाट बस तथा दार्चुला खलंगाबाट चल्ने बस तथा जीप राेकिएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार