भोजराज बडुले मानवीय सेवाको उदाहरण प्रस्तुत गर्दै रक्तदान गरेका छन्।महाकाली नगरपालिका–५ निवासी भोजराज बडुले दार्चुला जिल्लाको मुल्ला घर भएका नबिन लोहारलाई आवश्यक रगत अभाव भएपछि १ पिन्ट रक्तदान गरी सहयोग गरेका हुन्।

उक्त रक्तदान जिल्ला अस्पताल दार्चुलामा सम्पन्न भएको हो। रक्तदानपछि स्थानीयवासीले भोजराज बडुको मानवीय कार्यको प्रशंसा गरेका छन्।







