काठमाडौँ । भारतमा आयोजना हुने ‘अल इन्डिया गोल्ड कप’ क्रिकेट प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ ९क्यान० ले सार्वजनिक गरेको टोलीको कप्तानी अनिल साहले पाएका छन् ।
१४ सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका खेलाडीको समेटिएका छन्। नेपाल ए टिममा मयन यादव, तिर्थराज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सर्राफ, दीपक डुम्रे, युवराज खत्री, बिपिन खत्री, ललित राजबंशी र अर्जुन कुमाल समेटिए ।







