दार्चुलामा संरक्षण क्षेत्र व्यवस्थापन परिषद गठन, अध्यक्षमा ठेकरे सर्वसम्मत

दार्चुला । दार्चुलामा अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद गठन भएको छ । “संरक्षण क्षेत्र सरकारी व्यवस्थापन नियमावली, २०५७” को नियम २४ बमोजिम परिषद गठन भएको हाे ।
अपि नाम्पा सरंक्षण कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत अमरसिह धामीका अनुसार परिषद अध्यक्षमा जनकसिह ठेकरे सर्वसम्मत चयन गरिएको छ । समितिमा सोवन सिंह लोथ्याल, नरेन्द्र सिंह कुँवर, नवराज पन्त, चन्द्र सिंह ठगुन्ना, लाेकेन्द्र बहादुर बम, नगेन्द्र सिंह तिंकरी, नारद दत्त भट्ट, लोकेन्द्र जोहारी, सीता देवी ठगुन्ना र बहादुर बम चयन भएका छन् ।
समितिकाे कार्यकाल सकिएकाे पाँच वर्षपछि समिति गठन भएको हाे ।
दार्चुलाका साविकका २१ गाविस समेटेर २०६७ सालमा अपि नाम्पा संरक्षण क्षेत्र घाेषणा भएको थियाे ।
जिल्लाकाे १,९०३ वर्ग किमि क्षेत्रफलमा संरक्षण क्षेत्र फैलिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार