राप्रपा दार्चुलाको जिल्ला संयोजकमा पदम राज खत्री नियुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दार्चुलाले पदम राज खत्रीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ। आइतबार दार्चुलामा आयोजित विशेष कार्यक्रममा उहाँलाई औपचारिक रूपमा संयोजकको जिम्मेवारी प्रदान गरिएको हो।

कार्यक्रम राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीको अध्यक्षतामा सुरु गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रूपमा पार्टीका केन्द्रीय प्रमुख अथिति सह प्रवता पुर्णवहादुर चन्द विशिष्ट अथिति केन्द्रीय सदस्य तिर्थराज चठोत उपस्थित हुनु भएको थियो भने अथिति दार्चुलाका केन्द्रीय सदस्य अशोक सिंह सम्राट लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।अध्यक्ष प्रकाश दयालीले नयाँ संयोजकलाई बधाई दिँदै पार्टी सुदृढीकरण, संगठन विस्तार र जनताको विश्वास जित्ने अभियानमा सक्रिय भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो।

नव–नियुक्त संयोजक पदम राज खत्रीले आफूलाई दिइएको जिम्मेवारीप्रति धन्यवाद दिँदै संगठन बलियो बनाउन, नयाँ सदस्यहरू आकर्षित गर्न र जनताको हितका काममा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले पनि नयाँ संयोजकलाई बधाई र शुभकामना दिएका थिए।

सम्बन्धित समाचार

ताजा समाचार