देउडाको सुरमा राजधानी चिनाउँदै ‘अपिहिमालकी दीपा’

दार्चुलाको अपिहिमाल गाउँपालिकामा जन्मिएर देउडाको लयमा राजधानी काठमाडौंलाई नै नचाइरहेकी छिन् गायिका दीपा रोकाया । बाल्यकालदेखि नै गायनमा रुचि राख्ने दीपाको यो यात्रा सामान्य भने थिएन । तर संगीतप्रतिको लगावले उनलाई घरपरिवारको अनुमतिबिनै गायनमार्फत भविष्य खोज्न सपनाको राजधानी काठमाण्डौ सम्म पु¥यायो ।


विद्यालय तहमा हुने विभिन्न गायन प्रतियोगितामा गित गाउँदै अघि बढेकी दीपा अहिले युवा पुस्ताको एक सम्भावना हुन् । बाल्यकालदेखि नै संगीतप्रेमी दीपा अहिले डोटेली देउडा गीतको एक जिउँदो स्वरका रूपमा स्थापित भएकी छन् ।
अपिहिमाल गाउँपालिका–४ मा जन्मिएका दीपा २०६० मा धनगढीबाट गायन यात्रा सुरु गरेकी बताउँछिन् । रोकायाको सांगितिक यात्राको पहिलो चिनाउने गीत थियो, भुवनप्रकाश दाहाल सँग मिलेर गाएको ‘ब्यान्तारो आइगयो, कुरमुरे उज्यालो भइगो’ । यो गीत रेडियोमा बज्न थालेपछि मात्रै परिवारले छोरीको नयाँ परिचय थाहा पाए देउडा गायिका ।

‘रहर जति गरिन्थ्यो पूरा,
दिदीलाई सोध मनको कुरा’
गायक महेश कुमार औजी सँग स्वर दिएको यो साली भिना गितको टुक्का जस्तै छ उनको जिन्दगी । यो गितले दीपालाई देउडा गायन क्षेत्रमा अझै चम्किने मौका दियो । दुई वर्ष अघि बजारमा आएको यहि गीतका कारण अहिले दीपालाई देउडा मञ्च थप चिनाउे सिढी बनेको छ । गाउँदेखि शहरसम्मका मञ्चहरुमा घन्किने गरेको छ सालि भेना ।
‘संगीतमा केही गर्न सक्छु भन्ने लागेर गायन थालेकी हुँ,’ दीपा भन्छिन् । अझै संघर्षको बाटो लामो छ । समाजको लागि गीत संगितमार्फत केही योगदान दिन सक्छु भन्ने आत्मविश्वास छ । उनको स्वरमा रहेका सम्झना छाडिगए पनि चर्चित गीत हो ।
देउडाप्रती अहिले धेरैको आकर्षण बढि रहेको बेला देउडा गायिका रोकायामा अझै राम्रो सिर्जना गर्नुपर्छ भने लागेको छ । गाउँमा हुँदा गीत संगीत थाँहा नपाएका रोकायाले रेडियो नेपालद्वारा २०७९ सालमा लिइएको स्वर परिक्षा उत्तीर्ण गरेपछि उनको सांगीतिक पहिचान झनै सशक्त भएको हो ।


‘जान्छु अब तमरो मैले बन्न सकिन
तम्रो फोटो सिरानी भिज्यो आँशुले
इज बावालाइ माया ठूलो भन्न सकिन
मन परेको मायालु पाइन मैले ।
तेरो फोटो सिरानी भिज्यो आँशुले गीतले भने झै आमा बुवा छोडेर देउडामार्फत सांगितिक भविष्य खोजीरहेकी दीपाले नेपालका विभिन्न जिल्ला मात्र होइन, विदेशका कार्यक्रमहरूमा समेत प्रस्तुति दिइसकेकी छन । विभिन्न राष्ट्रिय तथा स्थानीय पुरस्कारबाट सम्मानित भएकी छन् उनी । दीपा अहिले काठमाण्डौंमा अपि हिमाल छलिया सांस्कृतिक समूह बनाएर सुदूरको संस्कृति चिनाउने अभियानमा लागेकी छिन् ।


उनका गीतहरूले सुदूरपश्चिमको भाषा, संस्कृति र पीडालाई संगीतमा उतारेका छन् । टिपिकल स्थानीय भाषालाई देउडामार्फत मिठास ल्याउने उनको अदभूत कला छ । ‘दर्शक र श्रोताबाट पाइरहेको माया नै मेरो प्रेरणा हो,’ उनी सुनाउँछिन् । घरबाट भागे पनि संगीतप्रतिको उनको निष्ठा र संघर्षले उनलाई आज सुदूरपश्चिमको सांगीतिक पहिचान बनाएको छ ।


आज दीपा रोकाया देउडामा स्थापित नाम छन । ‘ब्यान्तारो आइगयो’, ‘सम्झना छाडिगए’, ‘मेरा प्यारो डडेलधुरा’, ‘लेकाली चोयाको डोको’, ‘तेरो फोटो सिरानी’, ‘अशल साथी’, ‘पूर्णिमाको जून’, ‘साली भेना’ लगायत दर्जनौं गीतमा उनको आवाज छ ।

सम्बन्धित समाचार

ताजा समाचार