शैल्यशिखरमा एसईई नतिजाको समीक्षा, शून्य नतीजा ल्याउने विद्यालयलाई कमजोरी पत्ता लगाउन निर्देशन

शैल्यशिखर नगरपालिका दार्चुलाले एसईई २०८१ को नतिजाको समीक्षा गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनमा माध्यमिक तहमा सञ्चालित विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु र प्रध्यानाध्यापकहरुको सहभागितामा एसईई २०८१ को नतिजाको समीक्षा गरेको हो ।
नगरपालिकाभित्रका १३ वटा सामुदायिक र एक संस्थागत विद्यालयका पदाधिकारीहरुको उपस्थितिमा समीक्षा गरिएको गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिए ।
सामुदायिक विद्यालयहरुमध्ये ६५ प्रतिशत नतिजा ल्याउन सफल लटिनाथ माध्यमिक विद्यालय तल्चौराका प्रध्यानाध्यापक हर्कबहादुर चन्द र संस्थागत विद्यालयमा शतप्रतिशत नतिजा ल्याउन सफल (चौलानी बोर्डिङ) स्कुलका संयोजक दयाकृष्ण पन्तलाई नगरपालिकाले सम्मानित गरेको छ ।
त्यस्तै गतवर्षको तुलनामा नतिजामा सुधार ल्याउने र कम नतिजा ल्याउने विद्यालयहरुसंग छलफल गरिएको छ, ।
नगरभित्र शून्य नतिजा ल्याउने बद्रिनाथ माध्यमिक विद्यालय बोहरीगाउँलाई विद्यालयमा बैठक राखेर नतिजा शून्य आउनुको कारण पत्ता लगाउन भनिएको छ ।
कार्यक्रममा विद्यालयहरुको शैक्षिक शत्र २०८२ को कार्ययोजनामाथि छलफल गरी १७ वुदेँ कार्यसम्पादन सम्झैता गरिएको छ । सम्झैतामा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिष्ट र सम्बन्धित विद्यालयका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।
शैल्यशिखर नगर प्रमुख विजयसिंह धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उपप्रमुख शान्ती खडायत लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार