दार्चुलाका तीन जना उत्कृष्ट कृषक सम्मानित

कृषि ज्ञान केन्द्र दार्चुलाले जिल्लाका उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । सोमबार सदरमुकाम खलंगामा एक कार्यक्रमका बीच उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको हो ।
कृषकहरुको मनोबल उच्च राख्न जिल्लाभरिका तीन जना किसानलाई सम्मान गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिए । उत्कृष्ट पुरुस्कारबाट सम्मानित हुनेहरुमा शैल्यशिखर नगरपालिकाका मौरीपालक कृषक प्रजापति भट्ट, मालिकार्जुन गाउँपालिकाका तरकारी उत्पादक कृषक अनिल लोहार र महाकाली नगरपालिकाका बंगुर पालक कृषक अम्मरसिह महरा रहेका छन् ।
उत्कृष्ट कृषकहरुलाई जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कस्यप), प्रमुख जिल्ला अधिकारी अनिल पौडेल र महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले सम्मान गरेका छन् । उनीहरुलाई जनही नगद २५ हजार रुपैयाँ, खादा र सम्मान पत्रले सम्मानित गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार